close

कपिलवस्तुको सेवा प्रवाहमा आजदेखि टाइम कार्ड लागू

कपिलवस्तुको सेवा प्रवाहमा आजदेखि टाइम कार्ड लागू

Trulli
ADVERTISEMENT

 कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्डा लागू गरिएको छ ।  कार्यालयले माघ ९ गतेदेखि लागू हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको हो । 

सेवाग्राहीलाई दिने सेवा प्रवाहमा सरल र सहज बनाउनको लागि  कार्यालयले टाइम कार्ड लागू गरिएको कार्यालयले जनाएको छ । 

 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार कार्यालयबाट प्रवाह हुने सेवामा गुणस्तरीयता कायम गर्नको लागि टाइम कार्ड लागू गरिएको हो । सेवालाई थप प्रभावकारी व्यवस्थित र अनुमान योग्य बनाई सेवाग्राहीलाई यथासिघ्र सेवा  गर्न  टाइम कार्ड लागू गरिएको उनले पालिकाखबरलाई बताए । 

 उनले कार्यालयले फाँट अनुसार टाइम कार्ड लागू गरिएको र सोही अनुरुप जनतालाई सेवा प्रवाह गर्ने जानकारी दिए । टाइम कार्ड लागू भएसँगै सेवाग्राहीको सेवा सुनिश्चित हुने  उनको विश्वास छ ।