close

जग्गा अतिक्रमण गरी बनाएका संरचना आफै भत्काउँदै घरधनी

जग्गा अतिक्रमण गरी बनाएका संरचना आफै भत्काउँदै घरधनी

Trulli
ADVERTISEMENT

दाङ। तुलसीपुर उपमहानगरपालिकाको जग्गा अतिक्रमण गरि बनेका संरचना हटाउने भएको छ। जसमध्ये उपमहानगर कार्यालयको उत्तरपूर्वतर्फ रहेका तीनवटा पक्की घर सम्बन्धित घरधनी आफैले हटाउने भएका छन् । केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले बताए।

त्यहाँ तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर–१८ मानपुर निवासी अमर नेपाली र उनका एक जना आफन्तीको गरी तीनवटा पक्की छन् । उनीहरुले नै घर आफै भत्काउने गरी तयारी गरेको इञ्जीनियर योगीले बताए। ‘टेकराम खड्काको घर आफै भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्’, उनले भने, ‘अरु दुईवटा घर पनि आफै भत्काउने गरी अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिट्टै उहाँहरूले आफै जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।’ उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ को जग्गा अतिक्रमणमा परेको थियो ।  

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने गरी प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच कित्ता जग्गा छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५ (ख) कै  ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ ।