close

काेसेली घरका लागि र्‍याक सहयाेग

काेसेली घरका लागि र्‍याक सहयाेग

Trulli
ADVERTISEMENT

दाङ। गढवा गाउँपालिकालाई र्‍याक वितरण गरिएको छ। घरेलु साना उद्योग दाङले बुधबार पालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरिलाई र्‍याक हस्तान्तरण गरेको हो। 

घरेलु साना उद्योग लुम्बिनीको वार्षिक कार्यक्रम अनुसार कोसेली घरको लागि र्‍याक वितरण गरिएको हो। उद्योगले दाङका सबै स्थानिय तहलाई र्‍याक वितरण गर्ने वार्षिक कार्यक्रम थियो। 

गढवा गाउपालिकामा र्‍याक वितरण गर्ने कार्य बाँकी रहेकाले सो आज प्रदान गरिएको उद्योगका उप–सचिव लालबहादुर गुरुङले पालिकाखबरलाई जानकारी दिए। पालिकाका उद्योगीहरुले उत्पादन गरेका सामाग्री राख्नका लागि सो र्‍याक वितरण गरिएको उनले बताए।