close

नगरपालिकामा डिजिटल नागरिक वडापत्र

नगरपालिकामा डिजिटल नागरिक वडापत्र

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्र जडान गरी राखिएको हो । 

नगरपालिका कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी र कहाँ लिने ? र यसका लागि आवश्यक कागजी प्रक्रियाबारेमा स्पष्टरुपमा वडापत्रमा उल्लेख छ ।

 सेवाग्राहीलाई सजिलोसँग छिटोछरितो सेवा प्रदान गर्न प्रविधियुक्त सेवा दिन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।  नगरभित्रका केही वडामा पनि डिजिटल नागरिक वडापत्र राखिएको र अन्य वडा कार्यालयमा पनि राखिने उनको भनाइ छ । 

रामपुर नगरलाई प्रविधिमय बनाउन र समयानुकूल भित्रिएका प्रविधिको उच्चतम प्रयोग गरेर सेवा दिने उद्देश्यले कार्यालयमा डिजिटल प्रविधिसहितको वडापत्र तयार पारेर राखिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । 

प्रविधिको प्रयोगका कारण सेवाग्राही र सेवा दिने कर्मचारीलाई कामकाजमा धेरै सजिलो हुने भएको छ । नगरपालिकको वडा नं। ४, ५ र ६ मा पनि डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ ।