close

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रम

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रम

Trulli
ADVERTISEMENT

बुटवल । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा साे कार्यक्रम गरिएकाे हाे । 

आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज पौडेलको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरेका थिए ।  

नेपालगन्जका प्रमुख पौडेलले आयाेगलेले गल्ती गर्नेलाई कारबाही गर्दै आएकाे बताए । उनले अधिकारकाे दुरुपयोग गर्नबाट रोक्न निरन्तर अघि बढेको सुनाए ।

समाजका सबै ब्यक्तिहरु खारब नहुने र सबै राम्रो पनि नहुने बताउदै त्यसलाई सुधार गर्नका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेको बताए। केही राष्ट्रसेवक कर्मचारीहरुबाट पनि कानुनको सही जानकारी नहुदा गलत काम हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न अभियान जस्तै अन्तरक्रिया कार्यक्रम चलाएको प्रमुख पौडेलले बताए ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकताबद्ध भएर भ्रष्टाचार विरुद्धमा लाग्न एकदम आवश्यक रहेको बताए । राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवार निकाय लागे भ्रष्टाचार न्युनीकरण गर्न सकिने बताए ।भ्रष्टाचार देशको नै ठुलो समस्याको रुपमा रहेको बताउदै अध्यक्ष पोख्रेलले आफु भ्रष्टाचार नगर्ने र गरे कसैलाई नछाडनके बताए।

अन्तरक्रिया कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत जानकारी गराएका थिए ।

गाउँपालिका अन्तर्गत विगत ३ आर्थिक वर्षको उजुरीको अवस्था २०७७/७८ मा जम्मा ६ वटा उजुरी दर्ता भएको थियो जसमध्ये ४ उजुरी फर्च्यौट भएको छ भने २ बाँकी रहेको जानकारी दिए । त्यसैगरी २०७८/७९ मा जम्मा १५ उजुरी परेको मध्ये १० फर्च्यौट र ५ बाँकी रहेको छ भने २०७९र८० मा माघ महिना सम्म जम्मा ७ उजुरी परेको मध्ये १ को फर्च्यौट भएको छ भने ६ अझै बाँकी रहेको छ। 

भ्रष्टाचारजन्य कसूर र सजायको बारेमा जानकारी दिइएको थियो साथै भ्रष्टाचार नियन्त्रणका लागि मौजुदा कानूनहरुको वारेमा जानकारी र छलफल गरिएको थियो । विगत पाँच बर्षको भ्रष्टाचारको अनुभूति सूचाकाङ्क अनुसार सन् २०१६ मा नेपाल २९ औ स्थानमा थियो भने सन् २०२१ सालमा ११७ औ स्थानमा पुगेको छ जुन भ्रष्टाचारमा चुर्लुम डुबेको मानिन्छ। यो बिश्वका १८० देशहरु यस सुचाकाङ्कमा सहभागी हुन्छन् र १०० अंक मध्ये ४० अंक वा सो भन्दा कम अंक ल्याउने मुलुकमा भ्रष्टाचारको भयावह अवस्था भएको मानिन्छ। भने ५० अंक वा सो भन्दा माथी अंक ल्याउने मुलुकमा भ्रष्टाचार नियन्त्रणमा रही सुशासन प्रवर्द्धन हुदै गएको मानिन्छ। 

सदाचार, निष्पक्षता, निर्भिकता, भ्रष्टाचार बिरुद्धको सहकार्यका लागि अपरिहार्य भन्ने मुल नाराका साथ भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धक सम्बन्धी  कार्यक्रममा भएको हो।