close

बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आवेदन माग

बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आवेदन माग

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आवेदन माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रमको लागि आवेदन माग गरेको हो । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो आवेदन माग गरेको हो । गाउँपालिकाको अनुसार विपन्न सुनौलो हजार दिनका महिला तथा किशोरीहरुको घरपरिवारको आयआर्जनमा सुधार गर्न एकमुष्ट विउ पुँजी कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

सो कार्यक्रमको लागि गाउँपालिकाले ६ लाख पच्चिस हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहने महिला समूह, सहकारीले तोकिएको ढाँचा बमोजिम आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

सम्बन्धित वडा कार्यालयको सिफारिससहित फागुन ४ गतेभित्र आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ ।