close

हरिवनमा फनपार्क निर्माण हुने

हरिवनमा फनपार्क निर्माण हुने

Trulli
ADVERTISEMENT

सर्लाही ।  हरिवन नगरपालिकामा कैलाशपुरीमा फनपार्क निर्माण हुने भएको छ । संघीय सरकार र नगरपालिकाको समन्वयमा वडा नम्बर १ मा फनपार्क निर्माण गर्न लागेको हो । 
 
पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । 

हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । रु चार करोड ९७ लाखको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए । 

'पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ', उनले भने, 'थप रकम नगरपालिकाले विनियोजन गर्नेछ ।' उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३०  कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।