close

महिला उद्यमशीलताको लागि तालिम

महिला उद्यमशीलताको लागि तालिम

Trulli
ADVERTISEMENT

सल्यान । सिद्ध कुमाख गाउँपालकिाले उद्यमशिलता तालिम तथा महिला सशक्तिकरण तालिम गरेको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ सो तालिम सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार वडा नं ५ को छापडाडामा महिलालाई व्यवसाय सचेतना तथा सुरु एवं लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण गर्नको तालिम सञ्चालन गरिएको हो । वडा नं ५ का वडाध्यक्ष चुडामणी रेउलेको सभाध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष राम बहादुर वस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा  ३९ जना सहभागि भएको वडाध्यक्ष रेउलेले जानकारी दिए ।