close

शौचालय प्रतियोगिता गर्दै धनगढी

शौचालय प्रतियोगिता गर्दै धनगढी

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले शौचालय डिजाइन प्रतियोगिताको आयोजना गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन गर्ने व्यक्तिहरुबीच प्रतिस्प्रर्धा गराउन लागेको हो । 

नेपाल आर्किठेक्ठ इन्जिनियर्स एशोसिएशनसँगको समन्वयमा उपमहानगरपालिकाले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा मुलुकभरका इन्जिनियर सहभागी हुन सक्ने उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । 

प्रतियोगितामा प्रथम र द्धितीय हुने व्यक्तिलाई क्रमश एक लाख ५० हजार र ७५ हजार रुपैयाँ पुरस्कार वितरण गर्ने नगरप्रमुख हमालले जानकारी दिए । साथै प्रथम हुने शौचालय उपमहानगरपालिकामा निर्माण गरिने छ ।