close

बिदाका दिनमा पनि जनसेवाका लागि जिल्ला प्रशासन

बिदाका दिनमा पनि जनसेवाका लागि जिल्ला प्रशासन

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यलयले  सार्वजनिक विदामा पनि सेवा प्रवाह गरेको छ । कार्यलयले  शनिबार  तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि सेवा प्रवाह गरेको हो । 

झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणलीका कारण असहज महसुस गररिहेका सेवाग्राहीलाई बिदाको दिनसमेत सेवा प्रवाहको  योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए  । 

लगातार दुई दिन परेको सार्वजनिक बिदामा  पनि यथासक्य  सेवा  दिने  निर्णयसहित सेवाग्राहीलाई गत शुक्रबार नै शनिबार र आइतबारका लागि टाइम टोकन वितरण गरिएको थियो । 

आपूmले पाएको टाइमटोकन अनुसार तोकिएको समयअनुसार सेवाग्राही बिदाको दिन पनि सेवा लिन आएका थिए । बिदाको दिन पनि सहज तरिकाले सेवा लिन पाउँदा  खुसी  हुनाका साथै  कार्यालयप्रति आभारी भएको सेवाग्राही शिवहरि खतिवडाले बताए ।

 सेवाको माग धेरै र उपलब्धता थोरै भएकाले नागरिक मैत्री सेवा प्रवाह गर्न  बैंक काउन्टरसमेत बिदाको दिनमा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए  । कार्यालयले टाइमकार्ड लागू गरेसँगै राहदानीका लागि फारमसमेत कार्यलयका कर्मचारीले नै  भरिदिने गर्दै आएका छन् ।