close

बालेन र सञ्चारमन्त्री शर्माबीच भेटवार्ता

बालेन र सञ्चारमन्त्री शर्माबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आइतबार भेटवार्ता भएको छ। भेटवार्तामा महानगर भित्रको तार व्यवस्थापनका उपायको सम्बन्धी छलफल भएको जनाइएकाे छ।  

अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएकाले त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल हाे। तारलाई व्यवस्थित गर्नलाई कारबाहिको दायरासम्म ल्याउनु पर्ने छलफल भएकाे बालेनकाे सचिवालयले जनाएकाे छ।

छलफलमा सूचना तथा संचारमन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाइने बताइन्। यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरुसँग छलफल तार व्यवस्थापनबारे छलफल भएको थियो।