close

माइराम पोखरीको अवैध संरचना हटाउन महानगरको डोजर

माइराम पोखरीको अवैध संरचना हटाउन महानगरको डोजर

Trulli
ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरी क्षेत्रमा डोजल चलाएको छ । महानगरपालिकाले पोखरी क्षेत्रमा बनेका अवैध भौतिक संरचना हटाउनका लागि डोजर चलाएको हो ।

महानगरपालिकाले पोखरी क्षेत्रमा निर्माण भएको अवैध संरचना हटाउनका लागि सूचना प्रकासित गरेको थियो । तर सो सूचनाको अटेर गरी संरचना नहटाएको भन्दै महानगरपालिकाले डोजर चलाएको हो । 

महानगरपालिकाको निर्देशन अटेर गरेकोले महानगर बाध्य भएर डोजर चलाएको महानगरपालिकाले जनाएको छ ।