close

हल्दिबारीमा पालिकास्तरीय बाल सञ्जाल गठन

हल्दिबारीमा पालिकास्तरीय बाल सञ्जाल गठन

Trulli
ADVERTISEMENT

झापा । हल्दिबारी गाउँपालिकामा पालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबार पालिकास्तरीय बाल सञ्जाल गठन गरिएको हो । 

गाउँपालिकाको अनुसार पालिकालाई बालमैत्री स्थानीय तह बनाउने उदेश्यअनुरुप बाल सञ्जाल गठन गरिएको हो । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार पालिकाभित्रका सबै वडामा यस अघि  वडास्तरीय बालक्लवहरू गठन भइसकेको  छ । सोही  वडास्तरीय बालक्लव एवम बिद्यालयका प्रतिनिधिहरुको रोहवरमा गाउँपालिकाले पास गरेको बालबालिका सम्बन्धी ऐन बमोजिम पालिकास्तरीय  बाल सञ्जाल  गठन गरिएको उनले बताए ।

 सञ्जालमा पवन गिरि अध्यक्षतमा चयन भएको उनले बताए । हल्दिबारी गाउँपालिकाका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले बालमैत्री अभियानमा सरोकारवालाहरुको भुमिकाका जानकारी दिएका थिए ।