close

बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण

बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ । आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाइएको छ । 

कूल रु एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ लागतमा सो आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।  खानेपानी तथा सरसफाइ आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को प्राविधिक सहयोगमा २०७८ साल भदौमा सुरु भएको हो । 

आयोजना गाउँपालिकाको रु ४९ लाख २२ हजार छ सय ४६, रोटरी क्लब बौद्धको रु ९२ लाख ७३ हजार नौ सय ४३, समुदायबाट रु छ लाख ९९ हजार र जनश्रमदान रु ४७ लाख ६७ हजार छ सय ६७ मा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।