close

ट्राफिक व्यवस्थापनका लागि शिवराजद्वारा सामाग्री हस्तान्तरण

ट्राफिक व्यवस्थापनका लागि शिवराजद्वारा सामाग्री हस्तान्तरण

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शिवराज नगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न ट्रफिक प्रहरी चन्द्रौटा बिटलाई करिब  ४७ हजार रुपैयाँको समाग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख अजय थापाले सो सामग्री हस्तान्तरण गरेका हुन् । 

 बजार क्षेत्र चन्द्रौटा बजार केही समय अगाडी अस्तव्यस्त भएको र नगरपालिकाको पहलमा सूचना जारी गरी सडक  अतिक्रमण हटाइएकोले बजारलाई थप व्यवस्थापन गर्न ट्रफिक प्रहरीलाई सामाग्री हस्तान्तरण गरिएको  उनले बताए । नगर प्रमुख थापाले बजार क्षेत्र चन्द्रौटा व्यवस्थित गर्न ट्रफिक प्रहरीले गरेको प्रयासबारे खुलेर प्रशंसा गरे । 

उनले भने, 'अब प्रत्येक विद्यालयका बालबालिकाहरुलाई ट्रफिक व्यवस्थापनका लागि नगरपालिका र ट्रफिक प्रहरीको सहयोगमा ट्रफिक सचेतना कार्यक्रम विद्यालयहरुमा छिटै संचालन गरिने छ ।'

  
पार्किड व्यवस्थित नहुँदा सवारी दुर्घटना सम्भावनासंगै चन्द्रौटा बजार कुरुप बन्दै गएकोले ट्रफिक व्यवस्थापनमा सहजताका लागि ट्राफिकलाई सामाग्री वितरण गर्नु काम धैरे राम्रो र स्वागतयोग्य भएको युवा व्यवसायी विष्णु हमालले बताए । 

ट्राफिक प्रहरी नायब निरीक्षक राघब सिंह राठौर नगरपालिकाले उपलब्ध सामाग्रीले यस क्षेत्रमा अव्यवस्थित सवारी साघनलाई लक लगाई कारवाहीको दायरमा ल्याउने बताए । ट्राफिक व्यवस्थापनमा सहजहुने सामाग्री कोनले बजार एरियामा गाडी पार्किङ गर्न सहज हुने र पार्किङ व्यवस्थापनमा सहज हुने बताए । 

शिवराज नगरपालिका चन्द्रौटा क्षेत्रलाई बिस्तारै व्यवस्थापन गर्दै सुन्दर नगरी र राम्रो बजार बनाउने गरि नयाँ सोचका साथ काम अगाडी बढाउने प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए ।