close

अन्नपूर्णमा वडागत महिला सञ्जाल गठन

अन्नपूर्णमा वडागत महिला सञ्जाल गठन

Trulli
ADVERTISEMENT

कास्की  । अन्नपूर्ण गाउँपालिकामा वडास्तरीय महिला सञ्जाल गठन गरिएको छ । मंगलबार आयोजित महिला भेलामार्फत महिला सञ्जाल गठन गरिएको हो । 

गाउँपालिकाको वडा नम्बर १ मा सो महिला सञ्जाल गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको  उपाध्यक्ष चन्द्रकला अधिकारीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष श्री तुलसी प्रसाद अधिकारी अध्यक्षतामा वडा स्तरीय महिला सञ्जाल गठन भएको हो ।

सो सञ्जाल अन्य वडामा पनि गठन गरिने उपाध्यक्ष अधिकारीले जानकारी दिइन् । गाउँपालिकामा महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि महिला सञ्जाल गठन गरिएको उनले बताइन् ।