close

महिला दिवसकाे अवसरमा सुनकोशीमा स्वास्थ्य शिविर

महिला दिवसकाे अवसरमा सुनकोशीमा स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

सिन्धुली। सुनकोशी गाउँपालिकाले ११३ ओै अन्तर्राष्ट्रिय महिला दिवस भव्यताको साथ मनाएको छ । दिवसको अवसरमा  महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सर , आङ खस्ने समस्या र प्रजनन स्वास्थ्य सम्बन्धि रोग पहिचान र निशुल्क ओैषधी वितरण  शिविर  गरेको छ ।

गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालबाट विशेषज्ञ डाक्टरहरुलाई सामाग्री तथा ओैषधी हस्तान्तरण गरी शिविर शुरु भएको हो। विशेषज्ञ डाक्टरहरुद्वारा दिउँसो १ बजेसम्म ११५ जना महिलाको परीक्षण भएको गाउँपालिकाले जनाएको छ ।