close

परशुराममा नगरस्तरीय देउडा प्रतियोगिता

परशुराममा नगरस्तरीय देउडा प्रतियोगिता

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकामा देउडा प्रतियोगिता आयोजना गरिएको छ । ११३ औं  अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले नगरस्तरीय देउडा प्रतियोगिता गरिएको हो । 

नगरपालिकाको उपप्रमुख  बिमला कुमारी बोहरा अध्यक्षता र नगरप्रमुख  भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता गरिएको हो । नगरपालिकाको ११३ औं अन्तराष्ट्रिय नारी दिवस (लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार) अन्तराष्ट्रिय नारा सहित नगरस्तरीय देउडा प्रतियोगिता कार्यक्रमको सुरु गरिएको उपप्रमुख बोहराले बताइन् । 

प्रतियोगिता नगरपालिकाभित्रका १२ वटै वडामा सञ्चालन गरिने उनले बताइन् ।