close

भक्तपुर नगरपालिका र तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता

भक्तपुर नगरपालिका र तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिका र  तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता भएको छ । बिहिबार नगरपालिकाको सभाकक्षमा दुई बीच पूरक सम्झौता भएको हो । 

नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि पुरक सम्झौता भएको जनाइएको छ । 

 सम्झौतामा नगर प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गर्ने उल्लेख छ । केन्द्रको नाम परिवर्तन गरी ख्वप—तिलगंगा आँखा अस्पताल रहने र उक्त अस्पताल नपाद्वारा नवनिर्मित अस्पताल भवनको चौथो तल्ला उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ । नगरपालिका र प्रतिष्ठानबीच २०७३ वैशाख १५ गते भएको मूल सम्झौतामा भक्तपुरमा सामुदायिक आँखा केन्द्र सञ्चालनको लागि नगरपालिकाले एक रोपनी जग्गा उपलब्ध गराउने उल्लेख  गरिएको छ ।

 बिहीबार भएको पूरक सम्झौतामा नपाले प्रतिष्ठानलाई ख्वप अस्पतालको नवनिर्मित भवनको चौथो तल्ला उपलब्ध गराउने र त्यसबापत प्रतिष्ठानले जग्गा माग नगर्ने उल्लेख गरिएको छ ।
 
सम्झौतामा नगरपालिका प्रमुख सुनिल प्रजापति र प्रतिष्ठानका प्रमुख अधिकृत डा.रिता गुरुङको उपस्थितिमा भएको उक्त कार्यक्रममा नपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रतिष्ठानको तर्फबाट डा. गुरुङले हस्ताक्षर गरेका छन् ।