close

पोखरा महानगरपालिका र एसियन डेभलपमेन्ट बैंकबीच सम्झौता

पोखरा महानगरपालिका र एसियन डेभलपमेन्ट बैंकबीच सम्झौता

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका र एसियन डेभलपमेन्ट बैंक (एडिबी) बीच सम्झौता भएको छ ।  दिगो पर्यटन विकासका लागि विभिन्न १५ वटा परियोजनामा काम गर्नको लागि महानगरपालिका र बैंकबीच सम्झौता भएको हो ।

पोखराको पर्यटन विकासलाई दिगो बनाउने दीर्घकालीन योजना अनुसार परियोजना कार्यान्वयनका लागि एडिबीले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । सम्झौताअनुसार ३ वर्षभित्र सम्पन्न गर्ने गरी अरबौंको लागतमा परियोजना कार्यान्वयनका हुने छ। 

परियोजनाको कार्यान्वयनले पोखराको पर्यटनमा नयाँ आयाम थपिने नगर प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे ।  गुणस्तरीय पर्यटन विकास महानगरपालिकाको प्रथामिकतामा रहेको भन्दै उनले विभिन्न दातृ निकायहरुको साथ र सहयोगले यसलाई मुर्त रुप दिने काम गरेको उल्लेख गरे।