close

महालक्ष्मीमा नगरस्तरीय अन्तरविद्यालय तेस्रो लोक नृत्य प्रतियोगिता

महालक्ष्मीमा नगरस्तरीय अन्तरविद्यालय तेस्रो लोक नृत्य प्रतियोगिता

Trulli
ADVERTISEMENT

ललितपुर । महालक्ष्मी नगरपालिकामा नगरस्तरीय अन्तर विद्यालय तेस्रो लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ । नगरपालिका तथा वेष्ट बिङ विद्यालयको व्यवस्थापनमा सो प्रतियोगिता सम्पन्न भएको हो । 

नगरप्रमुख  हरिगोविन्द श्रेष्ठको अध्यक्षता र  सांसद प्रेमबहादुर महर्जनको प्रमुख आतिथ्यतामा शनिबार वडा नम्बर ८ लुभुस्थित वेष्ट विङ् विद्यालय प्रतियोगिता  सम्पन्न भएको हो। प्रतियोगितामा नगरभित्रका ३० वटा विद्यालयहरु सहभागीता रहेको पालिकाले जनाएको छ ।

 कार्यक्रममा माउण्ट ओलिभ स्कुलले छलिया नृत्य प्रस्तुत गरेर प्रथम, भ्याली पब्लिक स्कुलले सन्थाल नृत्य प्रस्तुत गरेर दोस्रो स्थान, जिनियम नेशनल एकेडेमीले कौडा नृत्य प्रस्तुत गरेर तृतिय र नेपाल डनबस्को स्कुलले  तामाङ सेलोमा नृत्य प्रस्तुत गरेर सान्त्वना स्थान प्राप्त गरेको नगरपालिकाले जनाएको छ  ।