close

नगरस्थापना दिवसमा गौंदीखोला सरसफाई अभियान सुरु

नगरस्थापना दिवसमा गौंदीखोला सरसफाई अभियान सुरु

Trulli
ADVERTISEMENT

बागलुङ ।  गलकोट नगरपालिकाले गौंदी खोला सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले आफनो स्थापना दिवसको सरसफाई अभियान सुरु गरेको हो । 

 स्वच्छ वातावरण निर्माण गर्दै सन्तुलित पर्यावरण कायम राख्ने उदेश्यले बृहत सरसफाई अभियानको शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । पछिल्लो समय खोलानाला र्दुगन्धित बन्दै गईरहेको र सरसफाई अभियानले खोलानाला सफा रहने अपेक्षा गरिएको उनको भनाई छ । 

अभियानले खोलानालामा फोहोर नगर्न जनचेतना फैलाउने समेत विश्वास लिईएको गैरेले विश्वास व्यक्त गरे । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण  गरी नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न सहयोग गर्नसमेत उनले आग्रह गरे।

दिनहुँ खोलाहरु दुर्गन्धित हुन थाले पछि मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने र वातावरण समेत नराम्ररी बिग्रन थालेको भन्दै नगरपालिकाले बृहत सरसफाई अभियानको शुभारम्भ गरेको गलकोट नगरपालिकाका  नगर उपप्रमुख फमलाल निउरेले बताए । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण गरि नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न समेत उनले आग्रह गरे । 

गलकोटको केन्द्र हटिया बजारमा जनघनत्व बढे सँगै गौंदी खोला फोहोर र दुर्गन्धित बन्दै गईरहेको र त्यसलाई न्यूनिकरण गर्न नगरले यो अभियान थालनी गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए । नागरिकको चेतना स्तर वृद्वि गर्दै फोहोर व्यवस्थापनमा स्थानिय सरकार, सरोकारवाला र नागरिकको सहभागिता बढाउन बृहत सरसफाईको कार्य अगाडी बढाईएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले बताए ।

सरसफाई अभियानमा गलकोट नगरपालिकाका जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सरोकारवाला, टोल विकास संस्था र समाजसेवी सँगै नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । गलकोट नगरपालिका वडा नं ३ र ६ को संगम स्थल गौंदी खोलाको जीपपार्क पुलचोक, गलकोट माध्यमिक विद्यालय परिसर, जामुनडाँडा जाने बाटो परिसर हुँदै गौदी, दरम घाट सम्म सरसफाई गरिएको छ ।

गलकोट नगरपालिकाले पहिले देखि नै हटिया बजारमा कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गीकरण गरि फोहोर व्यवस्थापन कार्यलाई निरन्तरता दिंदै आएपनि रातको समयमा खोलामा लगेर फोहोर फाल्ने क्रम बढेको सरोकारवालाले बताएका छन । गौंदी खोलामा प्लाष्टिक जन्य वस्तु, सिसा सँगै अन्य फोहोर फाल्ने प्रवृत्ति बढे पछि अहिले खोला क्रुप समेत बन्दै गईरहेको छ । सरसफाई अभियानलाई निरन्तरता दिईने  गलकोट नगरपालिकाले जनाएको छ । नगरले गौंदीखोला सँगै अन्य खोला छेउछाउमा फोहोर नफाल्न र फोहोर नगर्न नगरबासीलाई अपिल समेत गरेको छ ।