close

आफ्नै लोगो निर्माण गर्दै मालिका सरकार

आफ्नै लोगो निर्माण गर्दै मालिका सरकार

Trulli
ADVERTISEMENT

गुल्मी । मालिका गाउँपालिकाले प्रतिक चिन्ह (लोगो) बनाउन लागेको छ । गाउँपालिकाले पालिकाको पहिचान समेट्ने गरी लोगो बनाउन लागेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको भूगोल, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवम् विशिष्ट पहिचान झल्कने गरी लोगो बनाउन लागेको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको पहिचान झल्कने गरी लोगो पेश गर्न अनुरोध गरिएको छ । 

पालिकाले प्रतिस्पर्धामार्फत आएको चिन्ह प्रयोग गर्ने भएकोले लोगो निर्माण गरी पेश गर्न अनुरोध गरिएको हो । सूचना प्रकासित भएको २१ दिनभित्र निर्माण गरिएको लोगो पेश गर्न सक्ने गाउँपालिकाले उल्लेख गरेको छ । 

पेश भएकामध्ये उत्कृष्ट लोगोलाई २५००० हजार पुरस्कारसहित प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ ।