close

मनहरी गाउँपालिका र एनएचएसआरपिबीच सम्झौता

मनहरी गाउँपालिका र एनएचएसआरपिबीच सम्झौता

Trulli
ADVERTISEMENT

मकवानपुर। मनहरी गाउँपालिका र एनएचएसआरपि (नेशनल हाउजिङ एण्ड सेटलमेन्टस रिजेलिएन्स प्लाटफर्म) बीच सम्झौता भएको छ ।

मंगलबार विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन को लागि प्राविधिक समन्वय र क्षमता सुदृढीकरण तथा सहजिकरणको लागी एनएचएसआरपिको कार्यादेश अनुसार सम्झौता भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

प्राधिकरणको पुनर्निर्माण सूचना व्यवस्थापन प्रणाली (आरएमआईएस) तथा विपद् पोर्टलको सुढृद ज्ञान सुनिश्चित गर्न र प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गर्ने आदि विभिन्न क्षेत्रमा उक्त समझदारीले काम गर्ने जनाइएको छ।