close

‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन

‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल गठन भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको हो । 

मंगलबार बालाजु बाइसधाराको सभा कक्षमा उपप्रमुखरउपाध्यक्षहरुको बसेको पहिलो बैठकले सो सञ्जाल गठन गरेको जनाइएको छ  । ‘कानुनले उपप्रमुखरउपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।

 सञ्जालले सामुहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गरिने महानगरका उपप्रमुख डंगोलले बताइन् । उनले भनिन् यो, ‘क्षेत्राधिकारमा भएका जिम्मेवारीमध्ये काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । संयोजन र थालनी महानगरले गरेको हो तर यो सबै पालिकाको साझा कार्यक्रम हो । यो अवसरलाई स्थानीय विवाद निरुपणमा साझा बुझाइ विकास गर्ने थलोको रुपमा उपयोग गरौँ । यसको सिकाईलाई विकास र विस्तार गर्ने योजना बनाऔँ ।’


पालिकाहरुले उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित विषयमा क्षमता विकास गर्न, आपसी सीप र हित आदानप्रदान गर्न हरेक पालिकाले योजना र कार्यक्रम तर्जुमा गर्नु पर्नेमा उपप्रमुखहरुको जोड छ । उपप्रमुखलाई प्राप्त कानुनी जिम्मेवारी पूरा गर्न संस्थागत संरचना, कानुनी क्षमताको अभाव जस्ता समस्या छन् । काम गर्दा गर्दै कहीँ आफैँ मुद्दा मामिलामा पर्ने सम्भावना पनि छ ।

 यस्ता साझा समस्यालाई साझा प्रयत्नबाट समाधान गर्न सञ्जालको ठूलो भूमिका हुन्छ । प्रमुख र समग्र नगरको विकासमा योगदान पुग्ने सहभागी उपप्रमुखहरुले बताए ।  सञ्जालको बैठक हरेक महिना बस्ने निर्णय भएको छ ।