close

वडा सरकारले पानीको ट्यांकी वितरण

वडा सरकारले पानीको ट्यांकी वितरण

Trulli
ADVERTISEMENT

सिन्धुली । सुनकोशी गाउँपालिकाको वडा सरकारले पानीको ट्यांकी वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ वडा कार्यालयले स्थानीयलाई पानीको ट्यांकी वितरण गरेको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वडा सरकारले २५ वटा घरधुरीलाई ५०० र १००० लिटरको पानीको ट्यांकी वितरण गरेको जनाइएको छ । वडाबासीलाई पानीको सुविधा दिनको लागि वडा कार्यालयले सो सामग्री वितरण गरेको जनाइएको छ । 

एक समारोहको आयोजनामा गाउँपालिका अध्यक्ष दीपा बोहोराको उपस्थितिमा सो सामग्री वितरण गरेको हो । वडा कार्यालयले पानीको ड्रम खरिद गरी वितरण गरिएको जनाइएको छ ।