close

सहर सुन्दरता बढाउन ललितपुरमा स्काई लिफ्टिङ

सहर सुन्दरता बढाउन ललितपुरमा स्काई लिफ्टिङ

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले  स्काई लिफ्टिङ ल्याएको छ । महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार हटाउनका लागि 'स्काई लिफ्टिङ' ल्याएको हो । 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार शहर कुरुप बनाउने गरी अव्यवस्थित रुपमा राखिएका  तार हटाउने,  सडक आसपासका रुख विरुवाका हाँगा काट्न, सडक बत्ती सफाई गर्न नयाँ जडान गर्नको लागि प्रयोगमा ल्याइने छ । उनले शहरको सुन्दरता बढाउनका लागि स्काई लिफ्टिङ खरिद गरिएको बताए  ।

उनले लिफ्टिङको प्रयोगमार्फत सहरको सुन्दरता कायम गर्न थप सहज हुने बताए ।