close

गोलन्जोरमा गोठ सुधार कार्यक्रम

गोलन्जोरमा गोठ सुधार कार्यक्रम

Trulli
ADVERTISEMENT

सिन्धुली । गोलन्जोर गाउँपालिकाले गोठ, गोठमल सुधार तथा पशु मुत्र  संकलन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत योजना अनुरुप सो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो  । कार्यक्रममा सहभागी हुन चाहने फार्म, सहकारी, समूहले चैत १४ गतेभित्र तोकिएको ढाँचामा आवेदन दिन सक्ने जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम ५० प्रतिशत साझेदारी अन्तर्गत सञ्चालन हुने गाउँपालिकाले जनाइएको छ ।