close

तिलोत्तमामा खुल्ला व्यायामशाला सञ्चालनमा

तिलोत्तमामा खुल्ला व्यायामशाला सञ्चालनमा

Trulli
ADVERTISEMENT

रुपन्देही  । तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायाम शाला स्थापना गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ मा हरेक उमेर समूहका व्यक्तिका लागि व्यायामशाला स्थापना गरिएको हो । 

नगरपालिकाले तिलोत्तमा सामुदायिक पार्कको खाली जग्गामा सो व्यायामशाला स्थापना गरेको हो । नगरपालिकाको अनुसार व्यायामशालामा विभिन्न आधुनिक १५ वटा उपकरणको प्रयोग गरिएको छ । 

नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समारोहमा सो व्यायामको उद्घाटन गरेका छन् । उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको ९ लाख रुपैयाँ आर्थिक सहयोगमा खुला व्यायामशाला निर्माण गरेको बताए । 

व्यायाम हरेक उमेर समूहका व्यक्तिले जुनसुकै समयमा प्रयोग गर्न सकिने उनले बताए ।