close

गरिब परिवारलाई कुवा खन्न रकम

गरिब परिवारलाई कुवा खन्न रकम

Trulli
ADVERTISEMENT

दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएकोे छ । वडाको बजेटबाट गरिब परिवारका लागि  १२ वटा कुवा निर्माण गर्न रु चार लाख  ८० हजार वितरण गरिएको हो । 

आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए ।

गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो । यहाँको खानेपानीको स्रोत भनेको कुवा  नै हो । कुवाभन्दा अर्को विकल्प नभएकाले  प्रत्येक टोलमा सामूहिक कुवा निर्माण गर्न लागिएको  छ । 

एउटा कुवाका लागि रु ४० हजारका दरले रकम उपलब्ध गराइएको कार्यवाहक वडाध्यक्ष  चौधरीले बताए ।