close

गायक राजेश सद्भावना दूतमा नियुक्त

गायक राजेश सद्भावना दूतमा नियुक्त

Trulli
ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूतमा गायक राजेश पायल राईलाई  नियुक्त गरेको छ । चैत १९ गतेको कार्यपालिकाको बैठकले राईलाई दूत नियुक्त गरेको हो ।

राई नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलेका अनुसरा राईले नगरपालिकाको नाम, शान र स्वाभिमानको रुपमा द्रूत नियुक्त गरेको बताए ।  राईले समयसमयमा गरिने देश र विदेश भ्रमणले नगरपालिकाको पहिचान बढाउने विश्वास उनको छ । 

नगरपालिकाको उक्त बैठकले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ तथा विज्ञ समूह), २८ सदस्यीय समृद्ध नगर स्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार, २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।