close

दलित महिलाका लागि सीपमूलक तालिम

दलित महिलाका लागि सीपमूलक तालिम

Trulli
ADVERTISEMENT

चितवन । कालिका नगरपालिकाले दलित उत्पीडित समुदायका महिलाहरुलाई सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै  प्रस्ताव माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाभित्र बसोबास गर्ने दलित उत्पीडित महिलालाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने महिला तथा व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

पालिकाले निर्धारण गरी आएको आवेदनमा कुनै कारवाही नगरिने नगरपालिकाले सो सूचनामा उल्लेख गरेको छ ।