close

हनुमान मन्दिर पुनःनिर्माण

हनुमान मन्दिर पुनःनिर्माण

Trulli
ADVERTISEMENT

सुनसरी । बर्जु गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिर पुनःनिर्माण गरी  नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गरेका थिए ।

 ‘धन–गङ्गा स्मृति’ प्रतिष्ठानद्वारा आज आयोजित  कार्यक्रममा उक्त मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए । स्वर्गीय श्रेष्ठले मन्दिर स्थापना गरिएको  क्षेत्रमा स्वास्थ्य चौकीसमेत खोलेका थिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले  हनुमानको नयाँ मूर्ति प्रतिस्थापन गर्दै  सबै मिलेर धर्म, संस्कृति, भाषा र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिए । धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको चर्चा गर्दै उहाँले ठाउँठाउँमा निर्माण हुने यस्ता मठमन्दिरले धर्म र संस्कृतिको संरक्षणमा बल पुग्ने धारणा व्यक्त गरे । 

बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले भीमपुरको विकासमा स्व। श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले श्रेष्ठकै पहलमा केशलीया नदीमा पुल पनि निर्माण भएको बताए ।      स्व श्रेष्ठका जेठा छोराबुहारी कृष्णप्रसाद श्रेष्ठ तथा त्रिपुरारानी श्रेष्ठले उपलब्ध गराएको रु ५० लाखबाट मन्दिर पुनःनिर्माण गरिएको उक्त प्रतिष्ठानका प्रतिनिधि निश्चल श्रेष्ठले जानकारी दिए।