close

निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्दै रामपुर

निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्दै रामपुर

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाले निःशुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कक्षा सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार आयोगबाट सञ्चालन हुने नायब सुब्बा र खरिदार तहका तयारी कक्षा सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ । 

कक्षा ३० दिनसम्म सञ्चालन हुने छ । कक्षा १२ उत्तीर्ण भएका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।