close

महिला सशक्तिकरणका लागि चप्पल बनाउने तालिम

महिला सशक्तिकरणका लागि चप्पल बनाउने तालिम

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकामा चप्पल बनाउने तालिम सुरु भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र (वि पिसी) को आयोजनामा १५ दिने तालिम सुरु भएको हो ।

 महानगरपालिका वडा नं १५ मा सुरु गरिएको उक्त तालिमको वडा अध्यक्ष बोध बहादुर कार्कीले उद्घाटन गरेका छन् । अध्यक्ष कार्कीले तालिमले महिला दिदीबहिनीहरूको सीप विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। महिलाहरूलाई आर्थिक सशक्तीकरण सहित अर्थोपार्जनका गतिविधिमा सहभागी बनाउन आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष कार्कीले वडावासीहरूको क्षमता विकासका लागि यस्ता प्रकारका कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताए। 

वि पिसीका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सिप विकास सहितको रोजगारी सृजना आजको आवश्यकता भएको बताए। महिला दिदीबहिनीहरूलाई सिप सिकाउँदै उद्यमशील बनाउने र आयआर्जनका लागि हौसला प्रदान गर्दै सहुलियत दरमा ऋण तथा अनुदानका कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिए।

महानगरपालिका भित्रको बेरोजगार समस्यालाई न्यूनीकरणका लागि विशेष गरी महिला तथा युवाहरूलाई उद्यमसँग जोड्ने गरी महानगरपालिका अगाडी बढेको उनकाे भनाइ छ । 


तालिममा सविता श्रेष्ठ रञ्जित र सुविना विसुङ्खे लगायतले प्रशिक्षण गर्ने पालिकाले जनाएकाे छ । तालिममा १० थरिका चप्पलहरू बनाउन सिकाइने छ । तालिममा ३ आमा समूहका ३० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ । तालिम पोखरा महानगरपालिका वडा १४ स्थित रामेश्वरकी आमा समूहको भवनमा सञ्चालन भइरहेको छ ।