close

पशु प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै महाभारत

पशु प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै महाभारत

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिकाले पशु प्रर्वद्धन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषकले बैशाख ११ गतेसम्म आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रम गाउँपालिका र कृषकबीच ५० प्रतिशत साझेदारीमा सञ्चालन हुनेछ । आवेदकलाई माग अनुसारको कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।