close

सियारीका २५० घरधुरीलाई  जग्गा पुर्जा वितरण

सियारीका २५० घरधुरीलाई  जग्गा पुर्जा वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही ।  सियारी गाउँपालिकाले गाउँ व्यलक अन्तर्गतका २ सय ५० घर धुरीलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले लालपुर्जा वितरण गरेकाे हाे । 

गाउँपािलकाकाे  वडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा वितरण गरिएको  गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए।  उनका अनुसार ५ गाउँ व्लकको २५० जग्गा धनीपुर्जा वितरण गरिएको हाे। उनले लामो समयको पहल र मेहनत पछि सियारीबासीले जग्गा पुर्जा हस्तान्त्रण गर्न सकिएको बताए । 

लामो समय देखि जोत भोग गरेका व्यक्तिले पुर्जा नपाउँदा बैकिङ कारोवार गर्न नपाएकाे गुनासाे आएपछि गाउँपालिकाले लालपुर्जा वितरण गरेकाे हाे । पुर्जा वितरण गरेसँगै जग्गा धनीले अब आबश्यक परेको बेला बैकिङ कारोवार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने उनले बताए । 

२०२५ सालमा नापिमा छुटेका तर, शुरुको नापि हुदाँ देखि नै जोगभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गा धनी पुर्जा वितरण गरिएको उनले बताए ।

रुपन्देहीमा १ हजार ८०० गाउँँव्लकको नापि भएको मध्ये १ हजार १५० गाउँव्लकको पुर्जा वितरण गर्न बाँकि रहेको नापि कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । उनले सियारीमा १ सय १५ गाउँव्लक मध्ये ३५ बटा व्लकको मात्र वितरण गर्न बाँकी रहेको उनले सुनाए ।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ वटाको मात्र वितरण गर्न बाँकि रहेका बताए । उनले बाँकि  गाउँ व्लकको पनि छिट्टै नै वितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताए । 

जग्गा धनी पुर्जा पाएपछि स्थानीय दङग् छन् । उनीहरुले लामो समय पछि आफुहरु जग्गाको मालिम हुन पाउदाँ निकै खुसी भएको बताएका छन् ।