close

पोखरामा खोला सफाई अभियान

पोखरामा खोला सफाई अभियान

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका वडा नंम्बर ५  खहरे खोला सफाइ अभियान गरेको छ । महानगरपालिकाको वडा नम्बर ५ द्वारा मासिक रूपमा सञ्चालित राति ८ औ श्रृखला सम्पन्न भएको हो ।

 जैविक विविधता सहित पोखरा १५ र १७ का ५ हजार बढी घरधुरीहरूले खानेपानीको स्रोतका रूपमा रहेको उक्त क्षेत्रको सफाइ वडाको नेतृत्वमा गरिएको जनाइएको छ । वडा अध्यक्ष तोरण बहादुर बानियाका अनुसार अहिले नागरिकहरूलाई फोहोर उत्सर्जन कम गर्न र सार्वजनिक स्थलमा जथाभाबी फ्याँक्नु हुँदैन भन्ने कुरा बुझाउनु पर्ने देखिन्छ । यदि यसो गर्न सकियो भने मात्रै पनि यस प्रकारका हाम्रा सार्वजनिक सम्पदाहरूको आयु बढाउन सकिन्छ । 

'बुद्धचोकदेखी बगेर आउने पानीका कारण फोहोरको मात्रा बढेको यस क्षेत्रको प्राकृतिक सुन्दरता, वातावरिणय स्वच्छता र पर्यावरण संरक्षण थप चुनौतीपूर्ण बनिरहेको छ । यसमा सचेततापूर्वक अभियानहरू सञ्चालन गर्नुपर्नेछ,' उनले भने । 

'अहिले वडामा गृहिणी महिलाहरूका लागि फोहोरको स्रोत मै व्यवस्थापन सहित वर्गीकरणका उपायहरू सुझाइरहेका छौँ,' उनले भने, 'फोहोरबाट मोहोर समेत आर्जन गर्न सकिन्छ भन्ने कुराको व्यवहारिक प्रयोगका लागि समेत वडा कार्यालयले विभिन्न तालिमहरू समेत सञ्चालन गरिरहेको छ ।'