close

हस्तकलाको प्रवर्द्धन  गर्न महानगरकाे कोसेली घर

हस्तकलाको प्रवर्द्धन  गर्न महानगरकाे कोसेली घर

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो ।

कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीमा गुणस्तरीयता कायम हुनुपर्ने बताए । 'कोसली घरले बिक्री गर्ने सामग्रीमा गुणस्तरको प्रत्याभूति हुनुपर्छ । अनि मात्रै हामीले ‘मेड इन ललितपुर’ भन्ने ट्याग लगाउनु उपयुक्त हुन्छ । गुणस्तर कायम गर्नेमा हामीले कुनै पनि सम्झौता गर्ने काम नगरौँ', नगरप्रमुख महर्जनले भने, 'अहिले ललितपुरमा आउने पर्यटकले बिताउने समय ज्यादै न्यून छ । उनीहरुको बसाइ लम्ब्याउन हामीले धेरै कामहरु गर्दै आइरहेका छौँ । अबदेखि ललितपुरमा प्रवेश गर्ने पर्यटकलाई यल कोसेली घरमा एक पटक प्रवेश गर्ने व्यवस्था मिलाउने छौँ ।'  

    उपप्रमुख मञ्जली शाक्यले यल कोसेली घर हस्तकला सामग्री बिक्रीका लागि मात्रै नभएर व्यवयासी, हस्तकला उद्योगको प्रवर्द्धन र विकासका लागिसमेत सञ्चालनमा ल्याइएको बताइन् ।     ललितपुर हस्तकला सङ्घका अध्यक्ष रमेश सिंहले यल कोसेली घरमा बिक्री गरिने सामानको रेखदेख र गुणस्तर जाँचको  जिम्मेवारी सङ्घले गर्ने बताउँदै गुणस्तरमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।

 महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने उपहार तथा मायाको चिनोका लागि यल कोसेली घरले बिक्री  गर्ने हस्तकला सामग्रीहरु प्रयोग गर्न आग्रह गरे ।  महनगरपालिकाले हरेक शुक्रबार र शनिबार महानगरपालिका परिसरमा स्थानीय हस्तकला सामग्रीहरुको बिक्री बढाउन मेला सञ्चालन गर्दै आइरहेको छ ।