close

गजुरीमा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

गजुरीमा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

Trulli
ADVERTISEMENT

धादिङ । गजुरी गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरेको छ।गजुरी गाउँपालिकाको आयोजना तथा गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा रहेको आर्दश बहुमुखी क्याम्पसको व्यवस्थापनमा  कक्षा सञ्चालन गरिएकाे हाे ।

गाउँपालिकाका अनुसार संघीय निजामती सेवाको नासु तथा खरिदार तयारी कक्षा, प्रदेश र स्थानी तहको हकमा सहायक चौँथो र पाँचौ तहको तयारी कक्षा तथा शिक्षक सेवा आयोगको हकमा प्रावि तहका तयारी कक्षा सन्चालन गरेको हाे।गजुरी लगाएत समग्र धादिकै हकमा निजामती सेवामा अत्यन्तै न्युन जनशक्ति रहेकोले लोकसेवा तथा शिक्षक सेवा जस्ता प्रतिस्पर्धात्मक सेवामा स्थानिय यूवा वर्गको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

उनले यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु काठमाडौँ जानुपर्ने बाध्यता र धेरै शुल्क बुझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरेको बताए। यो निशुल्क तयारी कक्षा भएको तर बिद्यार्थीको अपनत्व महसुस होस भन्नको लागि १ हजार प्रवेश शुल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ ।