close

सियारीद्वारा मस्जितमा पुगेर फुलफुल वितरण

सियारीद्वारा मस्जितमा पुगेर फुलफुल वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही ।  सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जितमै पुगेर फलफुल वितरण गरेको छ ।  मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जितमा पुगेर फलफुल बितरण गरेको हो । 

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मी लगाएतले पालिका भित्र सञ्चालनमा रहेका ८ ओटा मस्जितमा पुगेर एउटा मस्जितलाई ५ हजार बराबरको फलफुल प्रदान गरेका हुन्। 
रोजा (वर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगाएतका फलफुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । 

उनले स्थानीय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, बर्ग र समुदायको साथमा स्थानिय सरकार रहेको उल्लेख गरे। 

अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामि दिनमा पनि अन्य धर्म र समुदाय विशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताए ।
गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व शुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिवार अन्तिम दिन हो ।