close

क्यान्टिन सञ्चालन गर्दै पाँचखाल सरकार

क्यान्टिन सञ्चालन गर्दै पाँचखाल सरकार

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले क्यान्टिन सञ्चालनको लागि आवेदन माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै क्यान्टिन सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार नगर कार्यपालिकाभित्रका कर्मचारी तथा सेवाग्राहीलाई खाजा तथा खानाको व्यवस्थापन गर्नको लागि क्यान्टिन सञ्चालन गर्न लागेको हो । क्यान्टिन सञ्चालन गर्नको लागि नगरपालिकाले दुई पटक आवेदन माग गरे पनि कुनै पनि माग नभएकाले पुन सूचना प्रकासित गरेको हो । 

इच्छुक बैशाख २६ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । छनौट भएका व्यक्तिले असार मसान्तसम्म क्यान्टिन सञ्चालनको लागि ठेक्का लिनुपर्ने जनाइएको छ ।