close

सिञ्जामा खाना महोत्सव सम्पन्न

सिञ्जामा खाना महोत्सव सम्पन्न

Trulli
ADVERTISEMENT

जुम्ला। सिञ्जाको परम्परागत संस्कृति प्रवर्द्धन गर्न सिञ्जा गाउँपालिकाको नराकोटमा खाना महोत्सव सम्पन्न भएको छ ।  गाउँपालिकाको व्यवस्थापन र मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा मार्क्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशको सह–आयोजनामा यहाँको परम्परागत संस्कृतिक खाना महोत्सव सम्पन्न गरिएको सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए।

दुई दिने उक्त महोत्सवमा गाउँपालिका छ वटै वडावासीबाट रैथाने बालीबाट तयार पारिएका खानाका परिकार विभिन्न स्टलमा राखिएका थिए । 

पहिलो पटक आफ्ना परम्परागत प्राङ्गारिक खानाका परिकार महोत्सवमा राख्न पाउँदा स्थानीयवासी  खुसी भएका थिए  । खानाका सजावटका साथै स्थानीय देउडा, झोडा, र चुटकिलामार्फत पनि रैथाने खानाको प्रचारप्रसार गरिएको गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाको भनाइ थियो । रैथाने खानाको प्रवर्द्धनका लागि यो महोत्सवले किसान र उद्यमीदेखी स्थानीयवासीलाई रैथाने बालीको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले अगामी दिनमा त्यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए।
 
महोत्सवमा कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु मकैका परिकार, खरायोकोे मासुसमेत राखिएको थियो । सिञ्जासहित दस स्थानमा संस्कृतिक खाना महोत्सव आयोजना  गरिएको माक्र्सवादी ज्ञान केन्द्रले जनाएको छ । सिञ्जा गाउँपालिका सम्भावनाले मात्रै होइन, आफैँमा ऐतिहासिक ठाउँ पनि हो । यहाँ थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल छन् । यो खस आर्यहरुको ऐतिहासिक थलोका रूपमासमेत परिचित छ । 

ऐतिहासिक तथा धार्मिक केदारनाथ मन्दिर, खस राजाले निर्माण गरेका मठमन्दिर यहाँका लोकप्रिय पर्यटकीयस्थल हुन् । यसैगरी खस वेषभूषा दौरा–सुरुवाल, पटुका, टोपी, आजको नेपाली खाना, हाटबजारको विकास, दमाहा बाजा यहाँका मुख्य चिनारी हुन् । राजा नागराजले स्थापना गरेको यो सिञ्जा राज्य ११औँ देखि १६औँ शताब्दीसम्मको अवधिमा शक्तिशाली साम्राज्यका रूपमा चर्चित थियो । नेपाली भाषाको भएकोे सिञ्जा खस राजवंशकोे राजधानीका रूपमा परिचित थियोे ।