close

चिनिया र जापानी भाषा सिकाउँदै भक्तपुर

चिनिया र जापानी भाषा सिकाउँदै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले चिनिया तथा जापानी भाषा सिकाउने भएको  छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका स्थानीय बासिन्दालाई सो तालिम दिन लागेको हो । 

नगरपालिकाको अनुसार आधारभूत तहको जापानी तथा चिनिया भाषा तालिम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

तालिममा सहभागी हुने व्यक्तिले मासिक रुपमा ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने सो सूचनामा उल्लेख गरेको छ । एसईई तह उत्तीर्ण गरेका व्यक्तिले सहभागी हुन सक्ने जनाइएको छ ।