close

तिलाका तीन ग्रामीण सडक र पाँच विद्यालयमा पक्की भवन निर्माण

तिलाका तीन ग्रामीण सडक र पाँच विद्यालयमा पक्की भवन निर्माण

Trulli
ADVERTISEMENT

जुम्ला। तिला गाउँपालिकाले तीन ग्रामीण सडक निर्माणको काम अघि बढाएको छ । गाउँपालिकाका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले तिला–१ को लाटिका धानदेखी वडा नं २ लर्मी गाउँसम्म सडक निर्माणका लागि रु ५६ लाख ५९ हजार बजेट छुट्टयाइएको जानकारि दिए। 

सिञ्जा–९ रासादेखी नदैगुफासम्म ग्रामीण सडक निर्माण गर्न रु ६३ लाख ६१ हजारको सम्झौता भएको छ । कुडारी बजारदेखी डुङ्गी गाउँसम्म सडक स्तरोन्नति गर्न रु ३७ लाख ठेक्का सम्झौता भएको छ । तलिचौरदेखी लासिसम्म तथा हतानबाडादेखी धोच्यासम्म तटबन्धको काम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्। 

यस्तै गाउँपालिकाले पालिकाभित्र पाँच सामुदायिक विद्यालयमा पक्की भवन निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । ज्योति मावि राँसामालापानीमा भवन निर्माण अघि बढाइएको छ । यस्तै तिला–८ स्थित देवी देउराली विद्यालयमा छ कोठे भवन निर्माण गर्न रु ३८ लाखमा ठेकेदारसित सम्झौता भइ काम अघि बढेको छ । 

यस्तै तिलाको देउराली मावि जुम्लाकोटको आठ कोठे पक्की भवन, सरस्वती माविको आठ कोठे पक्की भवन र मानेचौर माविको पक्की भवन निर्माण पनि अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।