close

रैनादेवी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

रैनादेवी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

Trulli
ADVERTISEMENT

 पाल्पा । रैनादेवी छहरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको  छ। गाउँपालिका अध्यक्ष  रुक्माङ्गत भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । 

प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरेका थिए ।  गाउँपालिका अन्तर्गतका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिएको थियो।

 कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडालाई पनि पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट कार्यसम्पादन गरे बापत  सागर रेगामी, मनोज राना, विष्णु बहादुर पौड्याल र शोभा पाण्डेलाई सम्मान गरिएको थियो।