close

आफ्नो माग बेवास्ता गरेको भन्दै नगरप्रमुखको कार्यकक्षमा ताला

आफ्नो माग बेवास्ता गरेको भन्दै नगरप्रमुखको कार्यकक्षमा ताला

Trulli
ADVERTISEMENT

नवलपरासी । कावासोती नगरपालिकाको नगरप्रमुखको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको छ । नगरपालिकाले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले नगरप्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शाखामा तालाबन्दी गरेको हो । 

संघले माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क हुनु पर्ने मागसहित धर्ना र अनशनमा बस्दै आएको जनाएको छ । तरपनि आफ्नो मागलाई कुनै सम्बोधन नगरेकोले  तालाबन्दी गरेको नेविसंघका पूर्वकेन्द्रीय सदस्य आरसी भट्टराईले बताए ।

संघले प्रेस विज्ञप्ति जारी गरी आफ्नो माग सम्बोधन गर्न निर्देशन दिएको छ । नगरपालिकाले वार्तामार्फत उचित माग सम्बोधन गरिने जनाएको छ ।