close

बजेट तर्जुमाको लागि भक्तपुरलाई शिक्षकको सुझाव

बजेट तर्जुमाको लागि भक्तपुरलाई शिक्षकको सुझाव

Trulli
s
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई नेपाल क्रान्तिकारी शिक्षक संघ, संयुक्त परीक्षा समिति भक्तपुर, आधारभूत विद्यालय समिति,  इसिडी शिक्षक संघर्ष समितिका प्रतिनिधिहरुले  १८ बुँदासहितको लिखित सुझाव हस्तान्तरण गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बुधबार नगरप्रमुखको कार्यकक्षमा भेटेर सुझाव हस्तान्तरण गरेका हुन् । 

 विभिन्न समितिहरुले बुझाएको लिखित सुझावमा विद्यालयको भौतिक पूर्वाधार विकासका लागि विद्यालयको अनुगमन गरी आवश्यकताअनुसार बजेट विनियोजनको गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनलाई सहयोग पुग्ने गरी भक्तपुर केन्द्रित संग्रहालय सञ्चालनको गर्नुपर्ने, विद्यालयमा कार्यरत सहयोगी, लेखा, प्रशासन सहायक र बालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नुपर्ने, शैक्षिक अवलोकन भ्रमणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, विद्यार्थीहरुको स्वास्थ्य परीक्षणको बन्दोबस्त गर्नुपर्ने समेटिएका थिए । 

यस्तै, शिक्षकहरुलाई कक्षागत तालिम, अन्तरक्रियालगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, सबै विद्यालयहरुमा विज्ञान तथा गणित प्रयोगशालाको व्यवस्था गर्नुपर्ने, नगरस्तरीय शैक्षिक प्रदर्शनीको आयोजनागर्नुपर्ने लगायतका सुझावहरु समेटिएका थिए । 

 नेक्राशिसंघको तर्फबाट गणेशराम थुसा, संयुक्त परीक्षा समिति भक्तपुरका लक्ष्मीनारायण दुवाल, आधारभूत विद्यालय समितिका दिपक माक र इसिडी शिक्षक संघर्ष समितिका सीतालक्ष्मी छुस्याकीले लिखित रुपमा सुझाव बुझाएका थिए ।