close

घोडा किन्नका लागि अनुदान दिँदै  मादी गाउँपालिका

घोडा किन्नका लागि अनुदान दिँदै  मादी गाउँपालिका

Trulli
ADVERTISEMENT

कास्की । मादी गाउँपालिकाले पयर्टन प्रवर्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ । हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीेले जानकारी दिए । 

 'अहिले दररेट माग गर्ने काम भइरहेको छ । हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तीर्नेगरी घोडा खरिद गर्न दिने हो', उनले भने ।

यस गाउँपालिकाको विशेषगरी वडा–१ र २ को हिमाली भेगमा पयर्टक पुगेपनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नका लागि घोडा उपयुक्त रहेको मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।   

  'यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिड्न समस्या हुन्छ । हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्', उनले भने, 'बाटोको अभाबमा हिड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन् । उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ ।'   घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ ।