close

सिद्धकुमाखमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम

सिद्धकुमाखमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम

Trulli
ADVERTISEMENT

सल्यान । सिद्ध कुमाख गाउँपालिकाका पाँच वटै वडामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा नम्बर ४ को सामुदायिक स्वास्थ्य इकाई खार्वनबाट सेवा सुरु गरेसँगै सबै वडामा सो कार्यक्तम सञ्चालनमा आएको हो । 

गाउँपालिकाले पालिकाभित्रका गर्भवतस् महिलालाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गरेको हो । पालिकाभित्रै गर्भवती महिलाको भिडियो एक्सरे सेवा दिनको लागि सो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भरत गिरीले बताए । 

गाउँपालिकाले फरकफरक दिनमा वडाका स्वास्थ्य संस्थामा कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रममा सहभागी हुन गाउँपालिकाका अध्यक्षले स्थानीयलाई अनुरोध समेत गरेका छन् ।